-
२ इतिहास २३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसपछि यहोयादाले यहोवा परमेश्वरको भवनको निगरानी गर्ने जिम्मा पुजारीहरू र लेवीहरूलाई सुम्पिदिए। दाउदले उनीहरूलाई भिन्नाभिन्नै दलमा विभाजन गरेका थिए। उनीहरूले मोसाको व्यवस्थामा लेखिएअनुसारै+ यहोवा परमेश्वरको भवनमा यहोवाको निम्ति अग्निभेटी चढाउने थिए+ अनि दाउदको निर्देशनअनुसारै स्तुतिगान गाउने थिए र खुसीयाली मनाउने थिए।
-
-
२ इतिहास ३१:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसपछि हिजकियाहले पुजारीहरू र लेवीहरूलाई तिनीहरूको दलअनुसार नियुक्त गरे।+ हरेक पुजारी र लेवीलाई तिनीहरूले गर्नुपर्ने सेवाको लागि नियुक्त गरियो।+ तिनीहरूलाई अग्निभेटी र मेलबलि चढाउने अनि यहोवा परमेश्वरको भवनका चोकहरूका ढोकाहरूमा सेवा गर्ने, उहाँलाई धन्यवाद चढाउने र उहाँको प्रशंसा गर्ने जिम्मा दिइयो।+
-