-
१ राजा १२:२१-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ यरुसलेम पुग्नेबित्तिकै रहबामले यहुदाको घरानाबाट र बिन्यामिनको कुलबाट १ लाख ८० हजार तालिमप्राप्त* योद्धा जम्मा गरे किनकि तिनी इस्राएलको घरानासित युद्ध गरेर आफ्नो बुबा सुलेमानको राज्य फिर्ता लिन चाहन्थे।+ २२ तब साँचो परमेश्वरका सेवक सेमायाहकहाँ+ उहाँको यो वचन आयो: २३ “सुलेमानको छोरा यहुदाका राजा रहबामलाई, यहुदा र बिन्यामिनको घरानालाई अनि अरू सबै मानिसलाई यसो भन्नू: २४ ‘यहोवा यसो भन्नुहुन्छ: “तिमीहरू आफ्ना इस्राएली भाइबन्धुसित युद्ध गर्न माथि उक्लेर नजानू। तिमीहरू आ-आफ्नो घर फर्कनू किनकि मेरै इच्छाअनुसार यी सब भएको हो।”’”+ त्यसैले तिनीहरूले यहोवा परमेश्वरको वचन पालन गरे र यहोवाले भन्नुभएझैँ आ-आफ्नो घर फर्के।
-