-
१ राजा १५:१७-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ इस्राएलका राजा बासा यहुदाविरुद्ध उठे अनि यहुदाका राजा आसाको इलाकामा कोही पनि जान नसकोस् अनि त्यहाँबाट कोही आउन पनि नपाओस् भनेर बासाले रामा+ सहरलाई मजबुत बनाउन थाले।+ १८ तब आसाले यहोवा परमेश्वरको भवनको भण्डारमा र राजमहलको भण्डारमा बाँकी रहेका सबै सुन र चाँदी आफ्ना सेवकहरूको हातमा सिरियाका राजा बेन-हददकहाँ पठाए।+ बेन-हदद हेज्योनका नाति र तब्रिमोनका छोरा थिए। उनी दमिसकमा बस्थे। आसाले उनलाई यस्तो सन्देश पठाए: १९ “तपाईँको बुबा र मेरो बुबाले जस्तै तपाईँ र मैले पनि सन्धि* गरेका छौँ। म तपाईँलाई भेटीस्वरूप सुन र चाँदी पठाउँदै छु। अब इस्राएलका राजा बासासित गरेको सन्धि तोडिदिनुहोस् र तिनी मेरो इलाका छोडेर जाऊन्।”
-