-
प्रस्थान ३०:१२-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “तिमीले इस्राएलीहरूको गणना लिँदा+ हरेकले आफ्नो ज्यानको लागि यहोवा परमेश्वरलाई प्रायश्चितको मोल तिरोस्। यसो गरेमा तिनीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन। १३ गणना लिँदा दर्ता भएकाहरूले पवित्र ठाउँको शेकेलअनुसार* आधा शेकेल* चढाऊन्।+ बीस गेराबराबर* एक शेकेल हुन्छ। यहोवा परमेश्वरलाई चढाउनुपर्ने चाहिँ आधा शेकेल हो।+ १४ बीस वर्ष र सोभन्दा माथिका ज-जसको नाम दर्ता भएको छ, तिनीहरू सबैले यहोवा परमेश्वरको लागि अनुदान चढाऊन्।+ १५ तिनीहरूले आफ्नो प्रायश्चितको मोलस्वरूप यहोवा परमेश्वरलाई आधा शेकेल मात्र चढाऊन्। धनीले धेरै वा गरिबले थोरै नचढाओस्। १६ इस्राएलीहरूबाट प्रायश्चितको मोलस्वरूप चाँदीको पैसा लिनू र त्यसलाई भेट हुने पालमा* गरिने सेवाको निम्ति चढाउनू। यो पैसा यहोवा परमेश्वरसामु सम्झनाको चिन्ह हुनेछ र यसले तिमीहरूको ज्यान बचाउनेछ।”
-