प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३०:१२-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिमीले इस्राएलीहरूको गणना लिँदा+ हरेकले आफ्नो ज्यानको लागि यहोवा परमेश्‍वरलाई प्रायश्‍चितको मोल तिरोस्‌। यसो गरेमा तिनीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन। १३ गणना लिँदा दर्ता भएकाहरूले पवित्र ठाउँको शेकेलअनुसार* आधा शेकेल* चढाऊन्‌।+ बीस गेराबराबर* एक शेकेल हुन्छ। यहोवा परमेश्‍वरलाई चढाउनुपर्ने चाहिँ आधा शेकेल हो।+ १४ बीस वर्ष र सोभन्दा माथिका ज-जसको नाम दर्ता भएको छ, तिनीहरू सबैले यहोवा परमेश्‍वरको लागि अनुदान चढाऊन्‌।+ १५ तिनीहरूले आफ्नो प्रायश्‍चितको मोलस्वरूप यहोवा परमेश्‍वरलाई आधा शेकेल मात्र चढाऊन्‌। धनीले धेरै वा गरिबले थोरै नचढाओस्‌। १६ इस्राएलीहरूबाट प्रायश्‍चितको मोलस्वरूप चाँदीको पैसा लिनू र त्यसलाई भेट हुने पालमा* गरिने सेवाको निम्ति चढाउनू। यो पैसा यहोवा परमेश्‍वरसामु सम्झनाको चिन्ह हुनेछ र यसले तिमीहरूको ज्यान बचाउनेछ।”

  • नहेम्याह १०:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ “साथै परमेश्‍वरको भवनमा गरिने सेवाको निम्ति हामीमध्ये हरेकले वर्षेनी एक तिहाइ शेकेल* दान गर्ने वाचा गर्छौँ।+

  • मत्ति १७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ उहाँहरू कफर्नहुममा पुगेपछि मन्दिरको कर* उठाउने मानिसहरू पत्रुसकहाँ आएर सोधे: “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्‍न?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने