-
१ राजा ३:५-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यहोवा परमेश्वर गिबोनमा राती सुलेमानकहाँ सपनामा प्रकट हुनुभयो अनि उहाँले भन्नुभयो: “तिमी के चाहन्छौ, भन।”+ ६ सुलेमानले यस्तो जवाफ दिए: “तपाईँले मेरा बुबा दाउदलाई अपार प्रेम* देखाउनुभएको छ किनभने उहाँ तपाईँको सामुन्ने विश्वासयोग्य, धर्मी* र शुद्ध हृदयको भएर हिँड्नुभयो। अनि उहाँको सिंहासनमा बस्न उहाँलाई छोरा दिएर तपाईँले आजसम्म उहाँलाई अपार प्रेम देखाइरहनुभएको छ।+ ७ हे मेरा परमेश्वर यहोवा, म भर्खरको ठिटो हुँ र मसँग त्यत्ति अनुभव पनि छैन।+ तैपनि तपाईँले मेरा बुबा दाउदको साटो मलाई राजा बनाउनुभएको छ। ८ आफूले रोजेका यी असङ्ख्य मानिसमाथि शासन गर्न तपाईँले यस दासलाई नियुक्त गर्नुभएको छ।+ ९ त्यसैले तपाईँका मानिसहरूको न्याय गर्न+ अनि सही र गलत छुट्ट्याउन+ यस दासलाई आज्ञाकारी हृदय दिनुहोस्। किनकि तपाईँको यो अनगिन्ती* प्रजामाथि कसले पो न्याय गर्न सक्छ र?”
-