-
२ राजा १९:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ हिजकियाहले ती सन्देशवाहकहरूले ल्याएका पत्रहरू लिए र पढे। त्यसपछि तिनी यहोवा परमेश्वरको भवनमा गए र यहोवासामु ती पत्रहरू फिँजाए।+ १५ अनि तिनले यहोवा परमेश्वरलाई यसो भन्दै प्रार्थना गरे:+ “हे इस्राएलका परमेश्वर यहोवा, जो करूबहरूभन्दा+ माथि* विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्वर हुनुहुन्छ।+ तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।
-
-
२ इतिहास १४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसपछि आसाले आफ्ना परमेश्वर यहोवालाई पुकार्दै यसो भने:+ “हे यहोवा, तपाईँ जसलाई मदत गर्न चाहनुहुन्छ, तिनीहरूलाई अवश्य मदत गर्न सक्नुहुन्छ, चाहे तिनीहरू सङ्ख्यामा धेरै होऊन् वा चाहे तिनीहरूसित कुनै शक्ति नहोस्।+ हे हाम्रा परमेश्वर यहोवा, हामीलाई मदत गर्नुहोस् किनकि हामी तपाईँमै भर परेका छौँ।+ अनि तपाईँको नाममा हामी यो विशाल सेनासित लड्न आएका छौँ।+ हे यहोवा, तपाईँ हाम्रा परमेश्वर हुनुहुन्छ। मरणशील मानिसलाई तपाईँमाथि विजयी हुन नदिनुहोस्।”+
-