-
यर्मिया २६:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “यहुदाका राजा हिजकियाहको+ पालामा मोरेसेथका मिकाले+ भविष्यवाणी गरे र यहुदाका सारा मानिसलाई भने, ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“सियोन खेतजस्तै जोतिनेछ,
यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+
अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।”’+
१९ “के त्यसबेला यहुदाका राजा हिजकियाहले र यहुदाका मानिसहरूले तिनलाई मारे? राजा हिजकियाहले यहोवाको डर मानेनन् र? अनि यहोवासित दयाको भीख मागेनन् र? त्यसैले त यहोवाले आफ्नो मन बदल्नुभयो* र तिनीहरूमाथि जुन विपत्ति ल्याउने विचार गर्नुभएको थियो, त्यो ल्याउनुभएन।+ त्यसकारण यर्मियालाई माऱ्यौँ भने हामीले आफैमाथि ठूलो विपत्ति निम्त्याइरहेका हुनेछौँ।
-