१० तब सादोकको घरानाका मुख्य पुजारी अजर्याहले यसो भने: “मानिसहरूले यहोवा परमेश्वरको भवनमा दान ल्याउन थालेदेखि+ तिनीहरूले प्रशस्तै खान पाएका छन् अनि यत्ति धेरै उब्रिएको पनि छ। यहोवा परमेश्वरले आफ्ना मानिसहरूलाई आशिष् दिनुभएकोले नै यत्ति धेरै चिज उब्रिएको हो।”+