-
एज्रा ६:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “राजा कोरेसले आफ्नो शासनकालको पहिलो वर्षमा यरुसलेममा भएको परमेश्वरको भवनबारे यस्तो उर्दी निकाले:+ ‘परमेश्वरको भवनको जग हालियोस् र त्यसको पुनर्निर्माण गरियोस् ताकि त्यहाँ उनीहरूले बलि चढाउन सकून्। भवनको उचाइ ६० हात* र चौडाइ ६० हात होस्।+ ४ भवनको गारो बनाउँदा तीन सल* ठूलठूला ढुङ्गा र एक सल काठ राखियोस्।+ भवन निर्माण गर्न लागेको खर्च राजकोषबाट बेहोरियोस्।+
-