-
यसैया १७:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ सुन! जातिजातिका मानिसहरूले होहल्ला मच्चाइरहेका छन्।
तिनीहरू समुद्रका छालझैँ उर्लिरहेका छन्।
ठूलठूला छाल उर्लेको आवाजजस्तै
देश-देशका मानिसहरूको चर्को आवाज सुनिन्छ।
१३ देश-देशका मानिसहरूको आवाज समुद्रको छालझैँ सुनिनेछ।
उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू टाढा भागेर जानेछन्।
डाँडामा बतासले उडाएको भुसझैँ,
हुरीबतासले उडाएको काँडेझारझैँ तिनीहरू हुनेछन्।
-
-
यसैया ५७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “दुष्टहरू उर्लिरहेको समुद्रजस्तै हुन्, जसको छाल कहिल्यै शान्त हुँदैन,
जसको पानीले सधैँ लेउ र हिलो हुत्याइरहन्छ।
-