-
भजन ३५:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहोवाका स्वर्गदूतले तिनीहरूलाई लखेट्दा
तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्।
७ किनकि विनाकारण मलाई पासोमा पार्न तिनीहरूले जाल बिछ्याएका छन्;
कारणैविना तिनीहरूले मेरो लागि खाडल खनेका छन्।
-
-
यर्मिया २३:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “भविष्यवक्ताहरू र पुजारीहरू सबै भ्रष्ट भएका छन्।*+
तिनीहरूले मेरै भवनमा दुष्ट काम गरेको मैले देखेको छु।+
१२ त्यसैले तिनीहरूको बाटो चिप्लो र अँध्यारो हुनेछ।+
तिनीहरू धकेलिनेछन् र लड्नेछन्
किनकि तिनीहरूको लेखा लिने बेलामा
म तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।
-