- 
	                        
            
            प्रस्थान ३२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
९ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: “यी मानिसहरू साँच्चै हठी मानिसहरू हुन्।+
 
 - 
                                        
 
- 
	                        
            
            व्यवस्था १:४३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
४३ मैले तिमीहरूलाई परमेश्वरको यो कुरा बताएको थिएँ तर तिमीहरूले सुनेनौ। उल्टै तिमीहरू यहोवा परमेश्वरले दिनुभएको आज्ञाविपरीत चल्यौ र अटेरी भएर पहाडतिर गयौ।
 
 - 
                                        
 
- 
	                        
            
            व्यवस्था ३१:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२७ किनभने तिमीहरू कति विद्रोही र हठी छौ भनेर मलाई थाह छ।+ म जिउँदो छँदै त तिमीहरूले यहोवा परमेश्वरको यतिबिघ्न विद्रोह गऱ्यौ भने म मरेपछि झन् कति धेरै विद्रोह गरौला!
 
 - 
                                        
 
- 
	                        
            
            २ राजा १७:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ यहोवा परमेश्वरले इस्राएल र यहुदालाई बारम्बार आफ्ना भविष्यवक्ता र दर्शीहरूमार्फत*+ यस्तो चेतावनी पनि दिनुभएको थियो: “तिमीहरू दुष्ट काम गर्न छोडिदेओ!+ अनि व्यवस्थाका सबै आज्ञा तथा विधिविधान, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ र मेरा भविष्यवक्ताहरूमार्फत तिमीहरूलाई बताएको थिएँ, ती सबै पालन गर।” १४ तर तिनीहरूले उहाँको कुरा सुनेनन्। आफ्ना परमेश्वर यहोवामाथि विश्वास नगर्ने तिनीहरूका पितापुर्खाजस्तै तिनीहरू पनि हठी भइरहे।+
 
 - 
                                        
 
- 
	                        
            
            प्रेषित ७:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
५१ “हे अटेरी अनि हृदय र कानको खतना नभएका मानिसहरू हो, तपाईँहरू पवित्र शक्तिको सधैँ विरोध गर्नुहुन्छ। तपाईँहरूका पुर्खाहरूले जे गरे, तपाईँहरू पनि त्यसै गर्नुहुन्छ।+
 
 -