- 
	                        
            
            २ इतिहास ३६:१७-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१७ त्यसैले परमेश्वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्त कसैमाथि पनि दया देखाएनन्।+ परमेश्वरले सबथोक उनको हातमा दिनुभयो।+ १८ उनले साँचो परमेश्वरको भवनमा भएका साना, ठूला सबै भाँडाकुँडा बेबिलोन लगे। साथै उनले यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य चिजहरू अनि राजा र भारदारहरूका बहुमूल्य चिजहरू पनि लगे।+ १९ उनले साँचो परमेश्वरको भवनमा र सबै बलिया-बलिया किल्लामा आगो लगाइदिए।+ साथै उनले यरुसलेमको पर्खाल भत्काइदिए र हरेक बहुमूल्य चिज नाश गरिदिए।+
 
 - 
                                        
 
- 
	                        
            
            यर्मिया ५२:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ तिनले यहोवा परमेश्वरको भवन, राजाको महल र यरुसलेमका सबै घरमा आगो लगाइदिए। तिनले सबै ठूलठूला घरमा पनि आगो लगाइदिए।+
 
 -