-
प्रस्थान १:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ समय बित्दै जाँदा मिश्रमा एक जना नयाँ राजाले शासन गर्न थाले, जसलाई युसुफको विषयमा केही पनि थाह थिएन। ९ तिनले आफ्नो प्रजालाई यसो भने: “हेर, इस्राएलीहरू हामीभन्दा धेरै र शक्तिशाली भएका छन्!+ १० त्यसैले अब त हामीले केही गर्नै पर्छ। नत्र तिनीहरू बढ्दै जानेछन् अनि लडाइँ भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हामीसित लड्नेछन् र मिश्र छोडेर भाग्नेछन्।”
-
-
एस्तर ३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तर मोर्दकैलाई मात्र मारेर हामानलाई चैन हुँदैनथ्यो किनकि उनले मोर्दकैका मानिसहरू—यहुदीहरूबारे पनि थाह पाएका थिए। त्यसैले उनले आहासुरसको पूरै साम्राज्यमा भएका सबै यहुदीको नामोनिसान मेटाइदिने उपाय खोज्न थाले।
-