प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिमी अहिले परदेशी भएर बसिरहेको यो कनान देशको सबै जग्गाजमिन म तिमीलाई र पछि आउने तिम्रा सन्तानलाई दिनेछु।+ यो सधैँभरिका लागि तिनीहरूकै सम्पत्ति हुनेछ र म तिनीहरूका परमेश्‍वर हुनेछु।”+

  • उत्पत्ति २३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “म तपाईँहरूबीच विदेशी र प्रवासी भएर बसेको छु।+ त्यसैले मेरी पत्नीको लास राख्न तपाईँहरूको एक टुक्रा जमिन मलाई बेच्नुहोस्‌।”

  • १ इतिहास १६:१९-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यो उहाँले तब भन्‍नुभएको थियो, जब तिमीहरू थोरै थियौ,

      हो, असाध्यै थोरै अनि त्यहाँ तिमीहरू परदेशी थियौ।+

      २० तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा;

      एउटा राज्यबाट अर्को राज्यमा गए।+

      २१ तर उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;+

      तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+

      २२ उहाँले भन्‍नुभयो, ‘मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,

      मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।’+

  • प्रेषित ७:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसैले तिनी कल्दियालीहरूको देशबाट निस्के अनि हारानमा बसोबास गर्न थाले। तिनको बुबाको मृत्यु भएपछि+ परमेश्‍वरले तिनलाई त्यो ठाउँ छोडेर यस देशमा बस्न लगाउनुभयो, जहाँ अहिले तपाईँहरू बस्नुहुन्छ।+ ५ यद्यपि यस देशमा उहाँले पुर्ख्यौली सम्पत्तिको नाममा तिनलाई केही पनि दिनुभएन। अहँ, पाइला टेक्न चाहिने जत्तिको जमिनसमेत दिनुभएन तर तिनलाई र तिनीपछि तिनको सन्तानलाई यो देश सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो,+ जबकि त्यतिखेरसम्म तिनको कुनै सन्तान थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने