११ तिनीहरूले पालैपालो स्तुतिगान गाए।+ तिनीहरूले यसो भन्दै यहोवा परमेश्वरको प्रशंसा गर्न र उहाँलाई धन्यवाद चढाउन थाले, “किनकि उहाँ भला हुनुहुन्छ; इस्राएलप्रति उहाँको अटल प्रेम* कहिल्यै टल्दैन।”+ यहोवा परमेश्वरको भवनको जग हालिएको खुसीमा सबै मानिसले ठूलो स्वरमा यहोवाको प्रशंसा गरे।