४ त्यसपछि हारुनले तिनीहरूले ल्याएका सुनका गहनाहरू गाले अनि औजारले खोपेर बाछोको मूर्ति बनाए।+ अनि तिनीहरू यसो भनेर कराउन थाले: “हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।”+
१२ अनि यहोवा परमेश्वरले मलाई भन्नुभयो, ‘उठ! तुरुन्तै तल जाऊ किनभने तिमीले मिश्रबाट ल्याएका तिम्रा मानिसहरू भ्रष्ट भएका छन्।+ यति छिट्टै तिनीहरू मैले हिँड्नू भनेको बाटोबाट तर्किसकेका छन्। तिनीहरूले आफ्नो निम्ति धातुको मूर्ति बनाएका छन्।’+