-
व्यवस्था १२:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ तिमीहरूले तिनीहरूको तरिकामा यहोवा परमेश्वरको उपासना नगर्नू। किनभने तिनीहरू त आफ्ना देवीदेवताको पूजा गर्न भएभरको घृणित काम गर्छन्, जसलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ। तिनीहरू आफ्ना देवीदेवताको निम्ति आफ्नै छोराछोरीलाई समेत आगोमा बलि चढाउँछन्।+
-
-
२ राजा १६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ रमल्याहका छोरा पेकहको शासनकालको १७ औँ वर्षमा यहुदाका राजा योतामका छोरा आहाज+ राजा भए।
-
-
२ राजा १७:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि चढाए,+ जोखना हेरे र शकुन-अपशकुन पनि हेरे।+ तिनीहरू यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही कामहरूमा चुर्लुम्मै डुबे।*
१८ त्यसैले यहोवा परमेश्वर इस्राएलीहरूसित क्रोधित हुनुभयो र तिनीहरूलाई आफ्नो सामनेबाट हटाइदिनुभयो।+ उहाँले यहुदाको कुललाई बाहेक अरू सबैलाई धपाउनुभयो।
-
-
यर्मिया ७:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० यहोवा घोषणा गर्नुहुन्छ, ‘यहुदाका मानिसहरूले मेरो नजरमा जे खराब छ, त्यही गरेका छन्। तिनीहरूले मेरो नाम दिइएको यस भवनमा घिनलाग्दा मूर्तिहरू राखेर यसलाई अशुद्ध पारेका छन्।+ ३१ मैले तिनीहरूलाई आज्ञा नै नगरेको कुरा अनि मेरो मनमा पनि नआएको कुरा तिनीहरूले गरेका छन्:+ तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउन+ “हिन्नोमको छोराको बेँसी”-मा*+ भएको तोफेथमा अग्ला थानहरू* बनाएका छन्।’
-