११ तर यहोवा परमेश्वरले इस्राएलीहरूलाई भन्नुभयो: “के मैले तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याइनँ र?+ अनि एमोरी,+ अम्मोनी, पलिस्तियाली,+ १२ सिदोनी, अमालेकी र मिद्यानीहरूले तिमीहरूलाई थिचोमिचो गर्दा के मैले बचाइनँ र? त्यतिबेला तिमीहरूले मलाई पुकाऱ्यौ र मैले तिमीहरूलाई तिनीहरूको हातबाट छुटाएँ।