-
यर्मिया २५:३१-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘पृथ्वीको कुनाकुनासम्म एउटा आवाज गुञ्जनेछ
किनकि यहोवाले राष्ट्रहरूसित विवाद गर्नुहुनेछ।
उहाँ आफैले हरेक मानिसको इन्साफ गर्नुहुनेछ+
अनि दुष्टहरूलाई भने तरबारले प्रहार गर्नुहुनेछ।’
३२ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
‘हेर! एक-एक गर्दै सबै राष्ट्रमा विपत्ति फैलनेछ।+
पृथ्वीको कुनाबाट एउटा भयानक आँधीबेहरी छोडिनेछ।+
३३ “‘त्यस दिन यहोवाले मार्नुभएकाहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म हुनेछन्। तिनीहरूको निम्ति कसैले शोक गर्नेछैन। तिनीहरूका लास बटुलिनेछैनन् र गाडिने पनि छैनन्। ती जमिनमा मलसरह रहनेछन्।’
-