-
यहोसु ४:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ र यसो भने: “तिमीहरू यर्दन नदीको बीचमा यहोवा तिमीहरूका परमेश्वरको करारको सन्दुकको* अगाडि जाऊ र इस्राएलीहरूका कुलको सङ्ख्याअनुसार एउटा-एउटा ढुङ्गा आफ्नो काँधमा बोकेर ल्याऊ। ६ यो तिमीहरूको लागि एउटा चिन्ह हुनेछ। अनि पछि तिमीहरूका छोराछोरीले ‘यी ढुङ्गाहरू किन यहाँ छन्’ भनेर सोधेमा+ ७ तिमीहरूले यस्तो जवाफ दिनू: ‘यहोवा परमेश्वरको करारको सन्दुकको अगाडि यर्दन नदीको पानी बग्न बन्द भएको थियो।+ त्यसलाई यर्दनपारि नपुऱ्याउन्जेल नदीको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलीहरूको निम्ति सधैँभरिको लागि सम्झनाको चिन्ह हुनेछ।’”+
-