- 
	                        
            
            व्यवस्था १७:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
८ “तिमीहरू बस्ने कुनै सहरमा हत्या, कानुनी मुद्दामामिला, कुनै किसिमको हिंसा वा जटिल मतभेदको मामिला उठ्यो र तिमीहरूलाई त्यसको छिनोफानो गर्न गाह्रो भयो भने+ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा त्यो मामिला लिएर जाओ।+ ९ अनि लेवी पुजारीहरू र त्यतिबेला सेवा गरिरहेका न्यायकर्ताकहाँ गएर तिनीहरूलाई सोध।+ अनि तिनीहरूले त्यस मामिलाको फैसला सुनाउनेछन्।+
 
 - 
                                        
 
- 
	                        
            
            २ इतिहास १९:८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
८ यहोसापातले यरुसलेममा पनि केही लेवी, पुजारी अनि इस्राएलमा भएका बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई न्यायकर्ता नियुक्त गरे, जसले यहोवा परमेश्वरको तर्फबाट न्याय गर्ने थिए अनि यरुसलेमका बासिन्दाहरूको मुद्दामामिला सुल्झाउने थिए।+
 
 -