४४ तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो+ र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।+४५ यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्न सक्नेछौ+ किनकि उहाँले दुष्ट र सज्जन दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैमाथि पानी बर्साउनुहुन्छ।+
१७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात् उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+