१६ तब यहोवा परमेश्वरको भय मान्नेहरूले आपसमा कुरा गरे, प्रत्येकले आफ्नो साथीसित कुरा गरे अनि यहोवा परमेश्वरले तिनीहरूको कुरा ध्यान दिएर सुनिरहनुभयो। यहोवा परमेश्वरको भय मान्नेहरू र उहाँको नामबारे सोच्नेहरूका* लागि+ उहाँको सामुन्ने सम्झनाको एउटा पुस्तक लेखियो।+