५ दाउद र सबै इस्राएली धुपीको काठबाट बनेका विभिन्न किसिमका बाजा, वीणा, किसिम-किसिमका तारे बाजा,+ खैँजडी+ र झ्याली-झ्याम्टा+ बजाउँदै यहोवा परमेश्वरसामु खुसीयाली मनाइरहेका थिए।
५ आसाप+ तिनीहरूको प्रमुख थिए र दोस्रो दर्जामा जकरिया थिए। यइएल, सेमिरामोथ, यहिएल, मत्तित्याह, एलिआब, बेनायाह, ओबेद-एदोम र यइएलले+ तारे बाजा र वीणा बजाउँथे+ अनि आसापले झ्याली बजाउँथे।+