प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि साँचो परमेश्‍वरले अबिमेलेकलाई भन्‍नुभयो: “तिमीले सफा मनले नै त्यसो गरेका हौ भनेर मलाई थाह छ। त्यसैले मैले तिमीलाई मविरुद्ध पाप गर्नदेखि जोगाएँ र उनलाई छुन समेत दिइनँ।

  • व्यवस्था १७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरको सेवा गरिरहेका पुजारी वा न्यायकर्ताको कुरा मान्‍न इन्कार गर्ने अहङ्‌कारी मानिस मारिनै पर्छ।+ तिमीहरूले इस्राएलबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+

  • १ समुएल १५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ विद्रोह गर्नु+ भनेको जोखना हेर्नुजत्तिकै खराब हो।+ अनि अहङ्‌कारी हुनु भनेको जादुगरी र मूर्तिपूजा गर्नुजत्तिकै* खराब हो। तपाईँले यहोवा परमेश्‍वरको आज्ञालाई तिरस्कार गर्नुभएकोले+ उहाँले पनि तपाईँलाई राजाको रूपमा तिरस्कार गर्नुभएको छ।”+

  • २ समुएल ६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्क्यो; तिनले साँचो परमेश्‍वरले दिनुभएको नियमको अनादर गरेको हुनाले+ उहाँले तिनलाई त्यहीँ मार्नुभयो।+ यसरी उज्जाह साँचो परमेश्‍वरको सन्दुकको छेवैमा मरे।

  • २ इतिहास २६:१६-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर आफू शक्‍तिशाली हुनेबित्तिकै उज्जियाहको हृदय घमन्डले फुल्यो। अनि यही नै तिनको पतनको कारण बन्‍न पुग्यो। धूप बाल्ने वेदीमा धूप बाल्न यहोवा परमेश्‍वरको मन्दिरभित्र छिरेर तिनले आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वासघात गरे।+ १७ यो देख्नेबित्तिकै पुजारी अजर्याह र यहोवा परमेश्‍वरका अरू ८० जना साहसी पुजारीहरू राजाको पछिपछि मन्दिरभित्र गए। १८ उनीहरूले राजा उज्जियाहलाई रोके र यसो भने: “हे उज्जियाह, यहोवाको निम्ति तपाईँले धूप बाल्नु सही होइन।+ धूप बाल्ने काम पुजारीहरूको मात्र हो किनकि उनीहरू हारुनका सन्तान हुन्‌+ र उनीहरूलाई पवित्र पारिएको छ। यो पवित्र स्थानबाट* बाहिर जानुहोस्‌ किनकि तपाईँले परमेश्‍वरलाई विश्‍वासघात गर्नुभयो। यस कामको निम्ति तपाईँले यहोवा परमेश्‍वरबाट कुनै सम्मान पाउनुहुनेछैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने