११ अनि तिनीहरूलाई बितेका दिनहरू झलझली याद आयो।
उहाँको सेवक मोसाको समयका कुरा तिनीहरूले सम्झे र यसो भने:
“आफ्ना मानिसहरू र तिनीहरूका गोठालाहरूलाई+ समुद्र पार गराउने परमेश्वर कहाँ हुनुहुन्छ?+
मोसालाई पवित्र शक्ति दिने परमेश्वर कहाँ हुनुहुन्छ?+
१२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्वर,+
जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+
र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+
१३ उहाँ कहाँ हुनुहुन्छ,
जसले उर्लँदो पानीको बीचबाट तिनीहरूलाई हिँडाउनुभयो,
जसले गर्दा खुला मैदानमा दौडिरहेको घोडाजस्तै तिनीहरू विनाअवरोध हिँड्न सके?