२४ त्यसकारण जसरी आगोको एउटा लप्कोले भुस खरानी बन्छ
अनि जसरी सुकेको घाँस आगोमा भस्म हुन्छ,
त्यसरी नै तिनीहरू नाश हुनेछन्।
तिनीहरूको जरा कुहिनेछ र तिनीहरूको फूल धुलोजस्तै छरपस्ट हुनेछ।
किनकि तिनीहरूले सेनाहरूका यहोवाको व्यवस्था पालन गरेनन्
र इस्राएलका पवित्र परमेश्वरको वचनको अनादर गरे।+