-
हितोपदेश ९:१३-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
ऊ अज्ञानी हुन्छे र उसलाई केही थाह हुँदैन।
१४ ऊ आफ्नो घरको ढोकामा बस्छे;
ऊ सहरको अग्लो ठाउँमा उभिन्छे।+
१५ त्यहाँबाट जानेहरूलाई ऊ बोलाउँछे;
सरासर आफ्नो बाटो हिँडिरहेकाहरूलाई ऊ यसो भन्छे:
१६ “जो-जो अनुभवहीन छन्, तिनीहरू यहाँ आऊन्।”
मूर्ख* मानिसहरूलाई ऊ यसो भन्छे:+
१७ “चोरेको पानी मीठो हुन्छ;
लुकीछिपी खाएको खाना स्वादिलो हुन्छ।”+
१८ तर आफू मृत्युको मुखमा धकेलिँदै छु
र उसका पाहुनाहरू चिहानको* गहिराइमा पुगिसकेका छन् भनेर तिनीहरूलाई थाहै हुँदैन।+
-