७ तिमीहरू आफूले अनुशासन* पाइरहेका छौँ भनी सम्झँदै सहो। परमेश्वरले तिमीहरूलाई आफ्ना छोराहरू सम्झेर व्यवहार गरिरहनुभएको छ।+ कुनचाहिँ छोराले बुबाबाट अनुशासन पाएको हुँदैन र?+
९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्तिद्वारा डोऱ्याउनुहुने बुबाको झन् अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+