-
१ राजा १:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यही समयतिर हग्गिथको छोरा अदोनियाहले+ फुर्ती लगाउँदै यसो भन्न थाल्यो: “अब राजा बन्ने पालो मेरो हो!” उसले आफ्नो लागि एउटा रथ बनाउन लगायो अनि केही घोडचढी र आफ्नो अघिअघि दौडन ५० जना मानिस पनि तयार पार्न लगायो।+ ६ ‘तिमी किन यस्तो काम गर्दै छौ?’ भनेर उसका बुबाले उसलाई कहिल्यै सोधेनन्।* ऊ असाध्यै आकर्षक देखिन्थ्यो र ऊ अब्सालोमभन्दा पछि जन्मेको थियो।
-