१६ अनि तिमीहरूलाई मन्न खुवाउनुभयो,+ जसबारे तिमीहरूका पितापुर्खालाई थाहै थिएन। तिमीहरूको परीक्षा गर्न र तिमीहरूलाई नम्र बनाउन उहाँले यसो गर्नुभएको थियो,+ जसले गर्दा पछि तिमीहरूकै भलो हुने थियो।+
७ तिमीहरू आफूले अनुशासन* पाइरहेका छौँ भनी सम्झँदै सहो। परमेश्वरले तिमीहरूलाई आफ्ना छोराहरू सम्झेर व्यवहार गरिरहनुभएको छ।+ कुनचाहिँ छोराले बुबाबाट अनुशासन पाएको हुँदैन र?+
११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।