प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ११:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “हेर, यी मानिसहरूको भाषा एउटै भएकोले+ तिनीहरू एकजुट भएका छन्‌। तिनीहरू आफूले चाहेजस्तो जे पनि गर्न सक्छन्‌। ७ आओ, हामी+ तल गएर मानिसहरूको भाषा खलबल पारिदिऔँ अनि तिनीहरूले एकअर्काको भाषा नबुझून्‌।”

  • उत्पत्ति ५०:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तब युसुफले उनीहरूलाई भने: “नडराउनुहोस्‌, तपाईँहरूको निसाफ गर्न म परमेश्‍वर हुँ र? २० तपाईँहरूले मेरो हानि गर्न खोजेको भए तापनि+ परमेश्‍वरले धेरै मानिसको ज्यान जोगियोस्‌ भनेर त्यसलाई भलाइमा परिणत गरिदिनुभयो, जुन कुरा तपाईँहरूले अहिले देखिरहनुभएको छ।+

  • हितोपदेश २१:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० यहोवाको सामने कसैको बुद्धि, समझ र अर्तीको केही लाग्दैन।+

  • दानिएल ४:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ उहाँको अगाडि पृथ्वीका बासिन्दाहरू नगण्य छन्‌। अनि स्वर्गका सेना र पृथ्वीका बासिन्दाहरूसित उहाँ आफ्नो इच्छाअनुसार व्यवहार गर्नुहुन्छ। उहाँलाई रोक्न सक्ने कोही पनि छैन+ वा कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘यो तपाईँले के गर्नुभएको?’+

  • प्रेषित ५:३८, ३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ त्यसैले अहिलेको अवस्थालाई विचार गर्दै म तपाईँहरूलाई के भन्छु भने यी मानिसहरूको काममा हस्तक्षेप नगर्नुहोस्‌ बरु तिनीहरू जे गर्दै छन्‌, गर्न दिनुहोस्‌। किनकि यदि यो योजना वा यो काम मानिसहरूको तर्फबाट हो भने त्यो आफै हराएर जानेछ। ३९ तर यदि परमेश्‍वरको तर्फबाट हो भने तपाईँहरूले तिनीहरूलाई नामेट पार्न सक्नुहुनेछैन।+ नत्र त तपाईँहरू परमेश्‍वरविरुद्ध लडिरहनुभएको हुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने