-
१ समुएल १५:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्वरको आज्ञा पालन गरेको? हेर्नुहोस्! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्नु उत्तम हो।+ २३ विद्रोह गर्नु+ भनेको जोखना हेर्नुजत्तिकै खराब हो।+ अनि अहङ्कारी हुनु भनेको जादुगरी र मूर्तिपूजा गर्नुजत्तिकै* खराब हो। तपाईँले यहोवा परमेश्वरको आज्ञालाई तिरस्कार गर्नुभएकोले+ उहाँले पनि तपाईँलाई राजाको रूपमा तिरस्कार गर्नुभएको छ।”+
-
-
मिका ६:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहोवासामु हजारौँ थुमा ल्याइँदा के उहाँ खुसी हुनुहुनेछ?
तेलको भल बगेको देखेर के उहाँ रमाउनुहुनेछ?+
मेरो अपराध र पापको लागि
के म आफ्नो पहिलो सन्तान, आफ्नै शरीरको फल दिऊँ?+
८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ।
अनि यहोवा तिमीबाट के चाहनुहुन्छ?
केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+
अनि मर्यादामा रहेर आफ्ना परमेश्वरसित हिँड्नू।+
-
-
मत्ति १२:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ ‘म बलिदान होइन, कृपा चाहन्छु’+ भन्नुको अर्थ के हो, तिमीहरूले बुझेको भएदेखि निर्दोषहरूलाई दोषी ठहराउने थिएनौ।
-