३४ “तिनीहरूमध्ये कसैले पनि आफ्नो छिमेकीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: ‘यहोवालाई चिन!’+ किनकि तिनीहरू सबैले अर्थात् सानादेखि ठूला सबैले मलाई चिन्नेछन्,”+ यहोवा घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।”+