- 
	                        
            
            रोमी १:२१-२३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२१ तिनीहरूले परमेश्वरलाई चिनेको भए तापनि उहाँलाई परमेश्वरको रूपमा महिमा दिएनन् न त उहाँलाई धन्यवाद नै दिए। तर तिनीहरूले व्यर्थको तर्क गरे र तिनीहरूको अबुझ हृदय झन् अँध्यारो भयो।+ २२ आफू बुद्धिमान् भएको दाबी गरे तापनि तिनीहरू मूर्ख भए २३ अनि अविनाशी परमेश्वरलाई दिनुपर्ने महिमा नाशवान् मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जन्तुहरूको प्रतिमालाई दिए।+
 
 -