५ नडराऊ किनकि म तिमीसित छु।+
तिम्रा सन्तानलाई म पूर्वबाट ल्याउनेछु
अनि तिमीहरूलाई पश्चिमबाट जम्मा गर्नेछु।+
६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+
अनि दक्षिणलाई यसो भन्नेछु, ‘तिनीहरूलाई नरोक!
मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+