प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! तिम्रो मर्ने बेला आइसक्यो। यी मानिसहरू जुन देशमा जाँदै छन्‌, त्यहाँ तिनीहरूले आफू वरपर भएका विदेशी देवताहरूसित वेश्‍यावृत्ति* गर्न थाल्नेछन्‌।+ तिनीहरूले मलाई त्याग्नेछन्‌+ र मैले तिनीहरूसँग गरेको करार तोड्‌नेछन्‌।+ १७ त्यसबेला मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ।+ म तिनीहरूलाई त्याग्नेछु+ र तिनीहरू सबै नाश नभएसम्म म आफ्नो अनुहार अन्तै फर्काउनेछु।+ अनि धेरै विपत्ति र दुःखकष्ट भोगिसकेपछि+ तिनीहरूले यसो भन्‍नेछन्‌, ‘हाम्रा परमेश्‍वर हामीमाझ नहुनुभएकोले नै हामीले यस्ता विपत्तिहरू भोग्नुपरेको होइन र?’+

  • २ इतिहास ३६:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिनीहरूका पितापुर्खाका परमेश्‍वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्‍वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्‍वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+

  • विलाप २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाले पटक्कै दयामाया नदेखाई याकुबको पूरै बस्तीलाई नाश गर्नुभएको छ।

      क्रोधित भएर उहाँले यहुदाकी छोरीका किल्लाहरू ध्वस्त पार्नुभएको छ।+

      उहाँले त्यसका राजकुमारहरू+ र सम्पूर्ण राज्यलाई+ तल खसालेर तिनीहरूको बदनाम गर्नुभएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने