८ यी चार जीवका छ-छ वटा पखेटा थिए र ती पखेटाहरूको चारैतिर अनि पखेटाहरूको भित्रपट्टि आँखैआँखा थिए।+ तिनीहरू दिनरात निरन्तर यसो भनिरहन्छन्: “सर्वशक्तिमान् परमेश्वर यहोवा, जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउँदै हुनुहुन्छ,+ उहाँ पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।”+