२४ कसले याकुबलाई लुटिन दियो?
अनि कसले इस्राएललाई लुटेराको हातमा सुम्पियो?
यहोवाले नै होइन र?
किनकि उहाँको विरुद्धमा तिनीहरूले पाप गरे।
उहाँको मार्गमा हिँड्न तिनीहरूले इन्कार गरे
अनि उहाँको व्यवस्था पालन गरेनन्।+
२५ त्यसैले उहाँले तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुभयो,
उहाँको रिस र युद्धको आगो।+
त्यसले तिनीहरूवरपरका सबै कुरालाई सखाप पाऱ्यो तर तिनीहरूले ध्यानै दिएनन्।+
आगो तिनीहरूमाथि पनि दन्कियो तैपनि तिनीहरूले वास्तै गरेनन्।+