प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+ १४ त्यसैले यहुदाका राजा हिजकियाहले लाकिसमा अस्सेरियाका राजालाई यस्तो सन्देश पठाए: “मबाट भूल भयो। यो सहरलाई घेर्न छोडिदिनुहोस्‌। बरु तपाईँले भनेजति जरिबाना तिर्न म तयार छु।” त्यसैले अस्सेरियाका राजाले यहुदाका राजा हिजकियाहलाई ३०० टालेन्ट* चाँदी र ३० टालेन्ट सुन जरिबाना तिर्न लगाए।

  • यसैया ८:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ त्यसैले हेर, म यहोवाले तिनीहरूविरुद्ध

      अस्सेरियाका राजा+ र तिनका सबै सेनालाई पठाउनेछु।

      तिनी उर्लेर आउने युफ्रेटिस नदीको भेलजस्तै छन्‌।

      जसरी नदी उर्लेर आउँदा सबै नाला भरिन्छन्‌

      र पानी किनार बाहिरसम्म पुग्छ, त्यसरी नै तिनी आउनेछन्‌।

       ८ अनि यहुदालाई स्वात्तै बगाएर लैजानेछन्‌।

      तिनले यहुदामा बाढी ल्याउनेछन्‌ र यहुदाको गर्दनसम्मै पुग्नेगरि पानीको भल ल्याउनेछन्‌।+

      हे इम्मानुएल,*+

      तिनले आफ्नो पखेटा फिँजाउँदा तिम्रो देश वारिदेखि पारिसम्मै ढाकिनेछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने