१९ ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको अङ्गुर बटुले। त्यसपछि तिनले त्यसलाई परमेश्वरको रिसको ठूलो कोलमा हुर्ऱ्याइदिए।+२० अनि सहरबाहिर अङ्गुर पेलियो र अङ्गुर पेल्ने कोलबाट निस्केको रगत घोडाको लगामजतिको उचाइसम्म पुग्यो र लगभग ३०० किलोमिटरसम्म* फैलियो।