प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+ १४ त्यसैले यहुदाका राजा हिजकियाहले लाकिसमा अस्सेरियाका राजालाई यस्तो सन्देश पठाए: “मबाट भूल भयो। यो सहरलाई घेर्न छोडिदिनुहोस्‌। बरु तपाईँले भनेजति जरिबाना तिर्न म तयार छु।” त्यसैले अस्सेरियाका राजाले यहुदाका राजा हिजकियाहलाई ३०० टालेन्ट* चाँदी र ३० टालेन्ट सुन जरिबाना तिर्न लगाए।

  • २ इतिहास २८:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ इस्राएलका राजा आहाजले गर्दा यहोवा परमेश्‍वरले यहुदालाई अपमानित तुल्याउनुभएको थियो किनभने आहाजले यहुदाका मानिसहरूलाई खराब काम गर्न छुट दिएका थिए, जसले गर्दा मानिसहरू यहोवा परमेश्‍वरप्रति साह्रै विश्‍वासघाती भएका थिए।

      २० आखिरमा अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरले+ पनि आहाजलाई आक्रमण गरे र तिनलाई मदत गर्नुको साटो कष्ट दिए।+

  • यसैया ३६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने