- 
	                        
            
            २ इतिहास २७:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२७ राजा हुँदा योताम+ २५ वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनकी आमाको नाम यरुसाह थियो। उनी सादोककी+ छोरी थिइन्। २ तिनले आफ्ना बुबा उज्जियाहले जस्तै यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ तिनी र तिनको बुबाबीच एउटा कुरा फरक थियो: तिनी आफ्ना बुबाजस्तो यहोवा परमेश्वरको मन्दिरमा जबरजस्ती घुसेनन्।+ तर मानिसहरूले भने अझै पनि खराब काम गरिरहेका थिए।
 
 -