-
२ इतिहास १९:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिनले उनीहरूलाई यस्तो आज्ञा दिए: “तपाईँहरूले यहोवा परमेश्वरको भय मान्दै अनि विश्वासयोग्य हुँदै पूर्ण हृदयले गर्नुपर्ने काम यही हो: १० जब अन्य सहरहरूमा बसोबास गर्ने तपाईँहरूका भाइबन्धुले कसैको हत्यासित सम्बन्धित+ अथवा कुनै व्यवस्था, आज्ञा, नीतिनियम र फैसलासम्बन्धी प्रश्न उठ्ने किसिमको मुद्दा ल्याउँछन्, तब तपाईँहरूले उनीहरूलाई चेतावनी दिनुहोस् ताकि उनीहरू यहोवा परमेश्वरसामु दोषी नठहरिऊन्। नत्र परमेश्वरको क्रोध तपाईँहरू र तपाईँहरूका भाइबन्धुमाथि दन्कनेछ। तपाईँहरूले यसै गर्नुहोस् र तपाईँहरू दोषी ठहरिनुहुनेछैन।
-