-
यर्मिया २५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ टायरका सबै राजा, सिदोनका सबै राजा+ र समुद्रपारिको टापुका राजाहरूलाई;
-
-
इजकिएल २६:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘ए टायर! म तँविरुद्ध उठेको छु। तँलाई नाश गर्न म जातिजातिका मानिसहरूलाई सुऱ्याउनेछु। समुद्रमा छाल उर्लेझैँ तिनीहरू तँमाथि आइलाग्नेछन्।
-
-
इजकिएल २७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “तिमीचाहिँ हे मानिसको छोरा, टायरबारे एउटा शोकगीत गाऊ+
-
-
योएल ३:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हे टायर र सिदोन अनि हे पलिस्तियाका सबै इलाका हो,
तिमीहरूले मसित यस्तो व्यवहार गर्ने हिम्मत कसरी गर्न सक्यौ?
के तिमीहरू मैले गरेको कुनै कामको बदला लिँदै छौ?
यदि तिमीहरू बदला लिँदै छौ भने
चाँडै म त्यो तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।+
-
-
आमोस १:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यहोवा यसो भन्नुहुन्छ,
‘टायरले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि तिनीहरूले निर्वासनमा लगिएकाहरू सबैलाई एदोमको जिम्मा लगाए।
अनि तिनीहरूले दाजुभाइबीचको करारलाई सम्झेनन्।+
१० त्यसैले म टायरको पर्खालमा आगो पठाउनेछु
अनि त्यसले टायरका बलिया किल्लाहरूलाई भस्म गर्नेछ।’+
-