-
यसैया ३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यहोवाले आफ्ना मानिसहरूका मुखियाहरू र शासकहरूको इन्साफ गर्नुहुनेछ।
“तिमीहरूले अङ्गुर बगानमा आगो लगाइदिएका छौ
र गरिबहरूलाई लुटेर आफ्नो घर भरेका छौ।+
-
-
मिका ३:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हे याकुबको घरानाका नाइकेहरू हो,
हे इस्राएलको घरानाका शासकहरू हो, बिन्ती छ, यो कुरा सुन!+
तिमीहरू न्यायलाई घृणा गर्छौ अनि जे कुरा सीधा छ, त्यसलाई बाङ्गो बनाउँछौ।+
१० तिमीहरूले सियोन रक्तपातले र यरुसलेम अधर्मले बनायौ।+
११ त्यसका नाइकेहरूले घुस लिएर न्याय गर्छन्,+
त्यसका पुजारीहरूले दाम लिएर सिकाउँछन्+
अनि त्यसका भविष्यवक्ताहरू पैसा लिएर जोखना हेर्छन्।+
तैपनि तिनीहरू यहोवामा भर पर्दै* यसो भन्छन्:
“यहोवा हाम्रो साथमा हुनुहुन्न र?+
हामीमाथि कुनै विपत्ति आइपर्नेछैन।”+
-