प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा परमेश्‍वर मनस्से र तिनको प्रजासित बारम्बार बोल्नुभयो तर उनीहरूले भने वास्तै गरेनन्‌।+

  • २ इतिहास ३६:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिनीहरूका पितापुर्खाका परमेश्‍वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्‍वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्‍वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+

  • नहेम्याह ९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिनीहरू तपाईँकहाँ फर्कून्‌ र तपाईँको व्यवस्था पालन गरून्‌ भनेर तपाईँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो। तैपनि तिनीहरू अहङ्‌कारी भए। तिनीहरूले तपाईँका आज्ञाहरू सुन्‍न इन्कार गरे+ अनि तपाईँका ती नीतिनियम पालन गरेनन्‌, जुन पालन गर्दा मानिसको जीवन जोगिन्छ।+ तर तिनीहरूले अहङ्‌कारी भएर तपाईँतर्फ पिठिउँ फर्काए; तिनीहरू हठी भए। तिनीहरूले तपाईँको कुरा सुन्दै सुनेनन्‌।

  • यर्मिया ७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर तिमीहरूले खराब काम गरी नै रह्‍यौ,’ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ। ‘मैले तिमीहरूलाई बारम्बार चेतावनी दिएँ तर तिमीहरूले सुनेनौ।+ मैले तिमीहरूलाई कैयौँ चोटि बोलाएँ तर तिमीहरूले कुनै जवाफ दिएनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने