२४ त्यसैले ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, मिश्रले* झैँ+ तिमीहरूलाई लौरोले+ प्रहार गर्ने र तिमीहरूमाथि लाठी उठाउने अस्सेरियासँग नडराओ।
२६ ओरेब चट्टानमा+ मिद्यानलाई पराजित गरेको बेलामा जस्तै सेनाहरूका यहोवाले त्यसलाई कोर्रा लगाउनुहुनेछ।+ अनि उहाँले आफ्नो लौरो समुद्रतिर पसार्नुहुनेछ, जसरी उहाँले मिश्रविरुद्ध आफ्नो लौरो उठाउनुभएको थियो।+